
न्युज एजेन्सी नेपाल (News Agency Nepal) ले ल्याएको न्युज सेवा के हो?
यो समाचार सेवा मुख्य रुपमा साना अनलाइन/न्युज पोर्टलहरुको लागि हो। यो News Agency Nepal को सबै भन्दा सानो र प्रारम्भिक सेवा हो। यो सेवा मार्फत ग्राहक बन्नु भएकाहरुलाई आफ्नो अनलाइन/न्युज पोर्टलमा Multimedia Content राख्न अभ्यस्त बनाउने हाम्रो अभियान पनि हो । अबको समाचार सामग्रीमा अक्षरलाई फोटो भिडियो र तथ्यांकीय चित्रहरुले सम्वृद्ध बनाउनु पर्छ। यसले विभिन्न कारणले समाचार नक्कल गर्ने,तोडमोड गर्ने प्रवृत्तिलाई निरित्साहित गर्छ भन्ने हामीले विश्वास लिएका छौं। अहिले समाचार सेवा प्रदायकको नाममा सामाजिक संजालमा आएको सूचना जानकारी र विभिन्न मिडियामा आएका समाचारलाई आफुँ अनुकुल पुनर्लेखन गरि सम्प्रेषण गर्ने गरेको भेटिन्छ। यसले समाचारको मर्म र उद्देश्यलाई मारिरहेको हाम्रो बुझाई हो। यस्तो अवैधानिक कामलाई हटाउन यो सेवा मार्फत हामीले प्रथम स्रोतबाट नै समाचार निर्माण गरि पठाउने छौँ।
सेवा शुल्क कति लाग्छ ?
यो समाचार सेवा लिने अनलाइन/न्युज पोर्टलहरुले माषिक रु. ५०००/ (पाँच हजार मात्र) तिर्नु पर्ने हुन्छ । यो सेवा पटके सेवा हो । यसमा नियमित ग्राहक बनेर अग्रिम भुक्तानी गरे पछि सेवा लिन सकिन्छ तर यसमा अर्धवार्षिक वा वार्षिक ग्राहक बन्ने सुविधा छैन।
सेवा कसरि लिने ?
यो सेवा लिन www.newsagencynepal.com वा www.newsagencynepal.com.np मा गएर केहि सामान्य प्रक्रिया पुरा गरेर लिन सकिन्छ। सेवा वापत लाग्ने शुल्क अनलाइन पेमेन्ट इसेवा र खल्ती मार्फ़त तिर्न सकिन्छ। शुल्क तिरेको केहि समयमा नै सेवा लिन सकिन्छ।
सेवा लिन कहाँ सम्पर्क गर्ने ?
G M Media Pvt Ltd काठमाण्डौ महानगरपालिका – ३२, अनामनगर काठमाडौं, नेपाल सम्पर्क: +977-9851084194 इमेल: [email protected] Order Now